• जेष्ठ ४ २०८३, सोमबार

नावालिग बलात्कार आरोपी सन्दिप लामिछाने गौशला प्रहरी बृतमा !

आश्विन २० २०७९, बिहीबार

काठमाडौं । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।