• जेष्ठ ४ २०८३, सोमबार

मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

आश्विन १८ २०७९, मंगलवार

काठमाडौं । मासु खाँदा घाँटीमा अड्किएर चितवनमा १ जनाको मृत्यु भएको छ। जिल्लाको कालिका नगरपालिका–८ गौरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

महाअष्टमीको दिन (सोमबार) साँझ मासु खाने क्रममा उनको घाँटीमा अड्किएपछि स्थाानीय मेडिकलमा लगिएको छ ।

मेडिकलमा उपचार सम्भव नभएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।