काठमाडौं । डेंगु संक्रमित ४१ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी संक्रमित भएका छन् ।
चाडपर्व तथा नियमति वर्षामा डेंगु संक्रमणको जोखिम अझै बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
उक्त शाखाका अनुसार बिहान बेलुका चिसो बढ्न थालेपछि डेंगु संक्रमण कम हुने आंकलन गरिए पनि नियमित वर्षाका कारण जोखिम कायमै रहेको छ ।
संक्रमण फैलिरहेकाले दशैँमा एक ठाउँबाट अर्कोमा आवतजावत गर्दा सचेत रहन पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
डेंगुबाट जोगिन घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पूर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न डाक्टरको सुझाव छ ।