काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धन दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार गठबन्धनको बैठकमा सिट बाँडफाँडको सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै छलफल जुटेका हुन् ।
सोमबार बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक छलफल भएको थियो । त्यसपछि गठबन्धनको बैठक बसेको थियो । आन्तरिक छलफलपछि गठबन्धनको बैठक बस्ने जनाइएको छ ।
दलहरुको मंगलबार बस्ने बैठकले सिट बाँडफाँड टुंगो लगाउने तयारी गरेको छ । गठबन्धनको बैठक ११ बजे बस्ने छ ।