• बैशाख २७ २०८३, आईतवार

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

आश्विन १७ २०७९, सोमबार

काठमाडौं । माओवादी नेता तथा हुम्लाका निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन्।

सोमबार बिहान उनी अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन्। गएको निर्वाचनमा उनी हुम्लाबाट स्वतन्त्र उम्मेदवारका रुपमा सांसद बनेका थिए। माओवादी केन्द्रले टिकट नदिएपछि बागी उम्मेदवारी दिएर लामाले जित हासिल गरेका थिए।