• जेष्ठ ४ २०८३, सोमबार

समानुपातिकको सूचीमा रहेका उम्मेदवारले सोमबारसम्म नाम फिर्ता लिन सक्ने

आश्विन १७ २०७९, सोमबार

काठमाडौं । आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार आज सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने समय तोकिएको छ। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगको कार्यतालिका छ।

यसैगरी, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ।