• मंसिर १३ २०८१, बिहीबार

टाउको दुख्छ ? यस्ता छन्  छुटकारा पाउने उपाय

आश्विन १६ २०७९, आईतवार

तपाईंलाई बेस्सरी टाउको दुख्छ ? यस्तो समस्या माइग्रेन रोगका कारण पनि हुनसक्छ ।  विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ । पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं ।

तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ ।

लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ ।