• जेष्ठ ४ २०८३, सोमबार

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप नेपाल आउँदै

आश्विन १५ २०७९, शनिबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध मुद्दा लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूणर् विश्वास रहेको समेत बताएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूठा आरोप विरुद्ध कानुनी लडाईं लड्छु’, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूणर् विश्वास रहेको दोहोर्‍याउँछु ।’

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।