• जेष्ठ ४ २०८३, सोमबार

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आश्विन १५ २०७९, शनिबार

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ।

सल्यानकाे कुमाख गाउँपालिका- ६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे  रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे।

ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे उद्धार गरी उपचारका लागि  जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ ।