• जेष्ठ ४ २०८३, सोमबार

यी ३ प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

आश्विन १५ २०७९, शनिबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरोको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।