• बैशाख २७ २०८३, आईतवार

इटहरीका मेयर पौडेलले जातिय द्वन्द्व फैलाएको भन्दै आन्दोलनमा उत्रिए राप्रपा भातृ संगठन

आश्विन १४ २०७९, शुक्रबार

इटहरी । इटहरीका मेयर हेमकर्ण पौडेलविरुद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ,राष्ट्रिय प्रजातान्त्रिक यूवामोर्चा,राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठन,समजसेवी तथा इटहरीवासी आन्दोलनमा उत्रिएका छन् ।

इटहरीको विरेन्द्र चोकमा स्वर्गीय राजा विरेन्द्रको सालिक नै राख्ने भनी वचनबद्ध गरेका मेयर पौडेलले जातिय द्वन्द्व फैलाउने किसिमको क्रिश्चयन क्रस बोकेको सालिक बनाएर इटहरीवासीको भावनामा चोट पुर्‍याएको भन्दै आज मेयरको कार्यकक्षमा आन्दोलनमा उत्रेका हुन् ।

मेयर पौडेलले सो कुरालाई मध्यनजर गरी कुनै दवाब र प्रभावमा नपरी प्रतिबद्धता अनुरुप काम नगरिए अझ थप आन्दोलनमा उत्रिने समेत विद्यार्थी नेता प्रविन सापकोटाले बताए ।