• जेष्ठ ४ २०८३, सोमबार

राष्ट्रपति विद्यादेवि भण्डारी दार्चुला जाँदै

आश्विन १४ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दार्चुला जाने भएकी छन् ।

दार्चुलाको त्रिदेशिय सिमामा रहेको व्यासँ गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला जाने कार्यक्रम रहेको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिए ।

गत भाद्र २५ गते वा यो असोज पहिलो साता आउने कार्यक्रम रहेपनि विविधकारणबस ढिलाइ भएको बताइएको छ । राष्ट्रपति भण्डारी दार्चुलाको व्यासँ गाउँपालिका भम्रणका लागि निम्तो दिएको अध्यक्ष धामीले बताए । गत साउन ९ गते बसेको व्यासँ गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई व्यासँ गाउँपालिका बोलाउने निर्णय भएसंगै राष्ट्रपति भण्डारी दार्चुला जाने बताइएको छ ।

राष्ट्रपतिले व्यासँ गाउँपालिका आएर राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भेटघाटमा राष्ट्रपति विद्या देवी भण्डारीले अगामी असोज २७ गते दार्चुला भम्रणमा जाने जानकारी गराएको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिए ।