• बैशाख २७ २०८३, आईतवार

लुम्बिनी प्रदेश प्रमुखले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने

आश्विन १४ २०७९, शुक्रबार

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् ।