काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुनै दृष्टिकोण नै नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरलले अहिले देशको राजनीति दुई ध्रुवमा विभाजित भएको र एउटा ध्रुबको राजनीति एमालेले गरिरहेको बताए ।
‘अर्को ध्रुब भनेको अहिले बनेको गठबन्धन हो । जसको कुनै दृष्टिकोण नै छैन,’बरिष्ठ उपाध्यक्ष पोखरेलले भने । पोखरेलले एमालेको राजनीतिक अजेण्डा, राजनीतिक रणनीति आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको जागरण भएको दाबी गरे।