काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।
आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । उनले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।
विकासको गतिलाई अघि बढाउन सरकारको भूमिका महत्वपूर्ण हुने बताउदै शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारले काम गर्ने बताए ।