काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पारासिटामोल नि:शुल्क वितरणको व्यवस्था गर्ने भएको छ ।
मन्त्रालयले डेंगू संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएको छ ।सह-प्रवक्ता डा.समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ ।’