काठमाडौं । चाडपर्वको मौका छोपी यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ पक्राउ परेका हुन् ।
यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।