• जेष्ठ ४ २०८३, सोमबार

दसैँमा घर जाने यात्रुलाई बढी भाडा लिने ३३ जना पक्राउ 

आश्विन १२ २०७९, बुधबार

काठमाडौं  । काठमाडौँ उपत्यकाबाट दसैँका लागि घर जाने यात्रुलाई बढी भाडा लिने ३३ जना पक्राउ गरिएको  छ । 

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ ।