• जेष्ठ ४ २०८३, सोमबार

चाडपर्वमा उपभोक्ता ठगिन थालेपछि बजार अनुगमन तीव्र बनाउँदै सरकार

आश्विन १२ २०७९, बुधबार

काठमाडौं ।  सरकारले चाडपर्वको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमन गर्न निर्देशन दिएसंगै वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमनलाई तीव्रता दिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।

वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा खटिएको भट्टराईको भनाइ छ । यसबाहेक, वाणिज्य विभागको टोलीले दैनिक बजार अनुगमनसमेत गरिरहेको उनले बताए ।