• जेष्ठ ४ २०८३, सोमबार

बाल यौन दुरुपयोगको अभियोगमा २१ वर्षीय युवक पक्राउ

आश्विन १२ २०७९, बुधबार

काठमाडौं । मोरङमा बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको लेटाङ नगरपालिका–२, बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेललाई बाल यौन दुरुपयोग अभियोगमा प्रहरीले मंगलबार साँझ गरेको हो ।

उनले ७ वर्षीया बालिकासँग बाल यौन दुरुपयोग गरेको अभियोग छ । मादक पदार्थ पिएर विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीको भनाइ छ ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।