काठमाडौं । सल्यानमा बुधबार बिहान भएको जीप दुर्घटनामा परि मृत्यु भएका सबैको सनाखत भएको छ ।
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप बिहान साढे तीन बजेतिर कपुरकोट गाउँपालिका-६ रिम जलवाङमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जीप चालक कपुरकोट–६ जलवाङका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षीय ललित वली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।