काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको पर्यटन विभागले ‘आगामी निर्वाचन र पर्यटन विकासका मुद्दाहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको सो कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो महेश बस्नेत, केन्द्रीय सदस्य द्वय किरण पौडेल र राजीव पहारी उपस्थित थिए ।

कार्यक्रममा एमाले पर्यटन विभाग सचिव घनेन्द्र श्रेष्ठ र नेपाल पर्यटन बोर्डका निवर्तमान सिईओ दिपकराज जोशी, टानका पूर्वअध्यक्ष उपाध्यक्ष चन्द्र रिजाल र नेपाल भ्रमण वर्ष २०२० सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन विभागीय सचिव ओमराज श्रेष्ठ र राजकुमार मैनालीले गरेका थिए । कार्यक्रममा युवा संघका उपाध्यक्ष अमित लामा, सचिव विकास ज्ञवाली, बागमती प्रदेश समिति अध्यक्ष जय गुरुङ, विशेष प्रदेश समिति अध्यक्ष महेश चौलागाईं, प्रचार विभाग प्रमुख महाराज गुरुङ, आर्थिक विभाग प्रमुख राजन थापा र नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन शर्मा लगायत पर्यटन क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।














