• जेष्ठ ४ २०८३, सोमबार

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आश्विन ११ २०७९, मंगलवार

वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ का घर भई वीरगञ्ज बस्दै आएका ताज मिया पक्राउ परेका हुन् ।

वीरगञ्ज– ११ श्रीपुर स्थित अल्पाइन स्कूलमा उनले नेपाली विवषय पढाउँदै आएका थिए । पढाउने बाहनामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

एक छात्राका अभिभावकले दिएको उजुरीको आधारमा मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । मियाविरुद्ध पर्सा जिल्ला अदालतमा बाल यौन दुरुपयोगको मुद्धा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको उनले बताए ।