• जेष्ठ ४ २०८३, सोमबार

चाडपर्व लक्षित बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष,२४ घण्टै प्रहरी परिचालन

आश्विन १० २०७९, सोमबार

काठमाडौं ।  बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षालाई मध्यनजर गर्दै यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा एकै पटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक रेग्मीले बताए ।

रेग्मीका अनुसार मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना भएको छ ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औँ घण्टा प्रहरी परिचालन गरिएको छ ।