काठमाडौं । नेपाली कांग्रेसको संस्थापतइतर समूहले आन्दोलनको घोषणा गरेको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा संस्थापन पक्षले मनोमानी गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।
काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
भेलाले असोज १३ गते इतर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ। संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहले आन्दोलन गर्न लागेका हुन् ।
संस्थापन इतर समूहले असोज १४ गतेसम्म आफ्नो मागको सुनुवाइ नेतृत्व तहले नगरे गम्भीर निर्णय लिन बाध्ये हुने चेतावनी समेत दिएको छ । समानुपातिकको नाम नसच्चाए एमालेसँग सहकार्य गरेर अघि बढ्न सक्नेसम्मको चेतावनी दिएको छ ।