काठमाडौं । प्रहरीले ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई बर्दियाबाट पक्राउ गरेको छ ।
बर्दिया गेरुवा गाउँपालिका ४ का ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसीलाई ७ वर्षअघिको हत्याको घटनाको अभियोगमा पक्राउ गरेको हो ।
२०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ । हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।