• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपति कार्यालयलाई सर्वोच्चले सोध्यो- नागरिकता विधेयक प्रमाणिकरण किन नगरेको ?

आश्विन ९ २०७९, आईतवार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश हरि फूयाँलको आइतबारको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश फुयाँलको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ।