• बैशाख २७ २०८३, आईतवार

कामु प्रधानन्यायाधीशबाट बिदा हुँदै दीपककुमार कार्की

आश्विन ९ २०७९, आईतवार

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण यही असोज १६ गतेबाट अबकास हुँदै छन् । कार्कीको आजै बिदाई गरिने भएको छ । दशै विदाका कारण भोलिदेखि सर्वोच्च अदालत बन्द हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लागेर निलम्बनमा परेपछि उनी गत फागुन १ गतेबाट कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए ।

निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए।