• बैशाख २७ २०८३, आईतवार

नागरिकता विद्येयक प्रमाणिकरणसम्बन्धी रिट न्यायाधीश फुयाँलको इजलासमा

आश्विन ९ २०७९, आईतवार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दायर भएको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ ।

शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको रिट निवेदन आइतबारका लागि न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो ।

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको छ । रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।