काठमाडौं । पुष्पा लावती एक स्वास्थ्यकर्मी हुन् । उनी सार्वजनिक बिदा र शनिबारबाहेक अन्य दिन अस्पताल जान्छिन् । कीर्तिपुर बस्ने उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छिन् । उनको ड्युटी बिहान १० बजेदेखि ५ बजेसम्म हो । तर, बिरामीहरूको बढ्दो चापका कारण निर्धारित समयमा आउन र जान भ्याउँदिन भन्छिन्, पुष्पा ।
तोकिएको समयावधिभन्दा बढी नै अस्पतालका विरामीहरूको उपचार र हेरचाह गर्नुपर्ने बाध्यताले उनी डेरामा पुग्न अबेर हुने बताउँछिन् । अस्पताल प्रशासनको गाडी तोकिएको समयावधिभन्दा अघि–पछि नगुड्ने भएकाले उनी झन् चिन्तित हुन्छिन् । त्यसैमा राति अबेरसम्म सार्वजनिक यातायात नचल्ने, चले पनि अन्य यातायात व्यवसायीका सवारीसाधनले चर्को भाडा असुल्ने पीडाले झन् प्रताडित हुन्छिन् । यद्यपि विकल्प नभएपछि उनी चर्को भाडा तिरेरै भए पनि डेरामा पुग्थिन् ।
लावतीलाई काठमाडौं उपत्यकामा यदाकदा पठाओ चल्छ भन्ने जानकारी त थियो । तर, उनी पठाओमा चढेकी थिइनन् । लाग्थ्यो, शहरका यातायात व्यवसायीहरूले सञ्चालन गरेका सबै सवारीसाधनमा यात्रा गर्नु उस्तै त होला भनेर । एकदिन अस्पतालका विरामीहरूको उपचार गर्दागर्दै स्वास्थ्यकर्मी पुष्पालाई राति साढे ९ बजेको पत्तै भएन । त्यसपछि उनी आज पनि कीर्तिपुर डेरामा पुग्न पाँच सयदेखि ७ सयसम्म भाडा तिर्नुपर्ने भो भन्दै चिन्तित बनिन् ।
त्यसपछि उनी अस्पतालको ड्युटी सकाएर टेकु भन्सारनजिकै पुगिन् । उनीले यताउता हेरिन् । निजी सवारीसाधनबाहेक सार्वजनिक यातायात छिटफुट पनि गुडेको देखिनन् । त्यसपछि लिफ्ट माग्ने सोच गरिन् । तर, संकोच मानिन् र लिफ्ट पनि मागिनन् । त्यसपछि उनलाई लाग्यो, फेरि अस्पताल फर्किन्छु ।
उनको मनले अस्पताल फर्किन मान्दै मानेन् । त्यसपछि के गर्ने के ? भन्ने लाग्यो । सोच्दै थिइन्, त्रिपुरेश्वरपट्टिबाट एकजना मोटरसाइकल गुडाउँदै पुष्पा सामु पुग्यो । मोटरसाइकल चालकले विनम्रतापूर्वक सोधे, ‘हजुर कहाँ जान लाग्नुभएको हो, म्याम ?’ उनीले पनि संकोच नमानी भनिन्, ‘कीर्तिपुर जाने भनेको गाडी नै पाइन्न ।’
उनको प्रश्न भुँइमा खस्न नपाउँदै ती मोटरसाइकल चालकले भने, ‘म्याम म पठाओ हो, हजुरलाई कीर्तिपुरसम्मै पुर्याइदिन्छु ।’ सिर्जनालाई विश्वास लागेन । ‘तपाईंसँग पठाओ चालकको कुनै प्रमाण छ ?’ पठाओलाई प्रश्न गरिन् । त्यसपछि उनले आफ्नो लाइसेन्स र परिचयपत्र देखाए, उनी थिए– सुनील श्रेष्ठ ।
तर, पनि उनलाई विश्वास लागेन, र पुनः प्रश्न गरिन्, ‘भाडा त महँगो होला नि ?’ उनीले यो प्रश्न गर्नुको कारण प्रायः महँगो भाडा तिरेर डेरा पुग्नुपरेको पीडा उनीसँग थियो । यो प्रश्न पनि भुँइमा नझर्दै उनले भने, ‘मैले तोक्ने होइन म्याम, यहीँ पठाओको मोबाइल एपले तोक्छ भन्दै मोबाइल खल्तीबाट झिकेर एप ओपन गरे ।’
एप सरर खुल्यो । त्यसपछि गुगल एपले नै कीर्तिपुरमा सिर्जना बस्ने पाँगा दोबाटो लोकेसन फाइन्डआउट गर्यो । र, भाडा जम्मा १ सय १२ रुपैयाँ देखायो । त्यसपछि पुष्पा निर्धक्क भएर पठाओमा चढिन् र सस्तो भाडा, छोटो समयमै छिट्टै डेरासम्म पुगिन् । त्यही दिनदेखि सिर्जनाको भरपर्दो यात्राको सारथी पठाओ बनेको छ । त्यसै गरी अर्का हरि लामा वन तथा वातावरण मन्त्रालयमा कार्यरत कर्मचारी हुन् । उनी कार्यालय जाँदा–आउँदा प्रायः पठाओ नै चढ्छन् ।
उनले आफ्नो मोबाइलमा पठाओको एप डाउनलोड गरेका छन् । उनी उक्त एपमार्फत पठाओलाई बोलाउँछन् र झट्टै आएर उनलाई कार्यालयसम्म समयमै पुर्यादिन्छ । ‘यसअघि अन्य यातायात व्यवसायीले सञ्चालन गरेका सवारी साधनमा चढ्थे । तर, महँगो भाडा तिर्दातिर्दा हैरान भए । पठाओ चढ्न थालेदेखि पैसा र समयको बचत भएको बताउँछन्, उनी । उनी भन्छन्, ‘पठाओ भरपर्दो मात्रै होइन, सस्तो पनि छ । यसमा चढ्दा चालकसँग कुनै बार्गेनिङ गर्नुपर्दैन । एपले नै कति टाढा जानुपर्ने हो, कति भाडा तिर्नुपर्ने हो, सबै बताइदिन्छ ।’
लावती र लामा पठाओ चढ्ने प्रतिनिधि यात्रुमात्रै हुन् । उनीहरूजस्ता थुप्रैले दिनहुँ पठाओ सेवा लिइरहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पठाओ सञ्चालनमा आएसँगै लोकप्रियता पनि हाँसिल गर्दै आएको छ । यात्रुलाई सस्तोमा समयमै गन्तव्यमा पु¥याउने भएकाले पठाओ सबैको रोजाइमा परेको हो ।
कार्यालयमा कार्यरत कर्मचारीदेखि शिक्षक, विद्यार्थीलगायत सर्वसाधारण मानिसहरू माझ पठाओ निकै लोकप्रिय बन्दै गएको छ । पूर्वी नेपाल झापाका रमेश गौतम काठमाडौंमा पठाओ चलाउँछन् । उनी यसअघि रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कतारमा उनले तीन वर्ष श्रम गरेर कमाएको पैसा ऋण तिर्न ठिक्क भो । नयाँ घर, खेत किन्ने सपना कतारको तातो बालुवामा विलिन भयो भन्छन्, उनी । उनी स्वदेश फर्किएको एक वर्ष भयो ।
आठ महिनासम्म त्यत्तिकै बेरोजगार बसे । खालि समय घरमा के बस्नु, फेरि कतार जान्छु भनेर भिसा लगाउन काठमाडौं आएका थिए । एकजना साथीले पठाओ चलाउन सुझाव दिए । त्यसपछि पठाओको कार्यालय पुगेर आफ्ना डकुमेन्ट मोटरसाइकल दार्ता गराए । दर्ता भएको केही दिनमा चलाउन थाले र भिसा क्यान्सिल गरिदिए । गौतम पठाओ चलाउन थालेको जम्मा ६ महिना भयो । उनी सन्तुष्ट छन् । स्वदेशमै रोजगारी पाउनु आफ्ना लागि सुनौलो अवसर भएको उनी बताउँछन् । दिवेन महिनामा ३० हजारदेखि ४० हजार बढी पैसा कमाउँछन् । उनी पनि प्रतिनिधि पठाओ चालकमात्रै हुन् । उनी जस्ता सयौँले पठाओ चलाएरै आफ्नो घरपरिवार चलाएका छन् ।
पठाओ नै किन चढ्ने किन ?
लोकप्रिय राइडिङ एप पठाओ नेपालमा सन् २०१८ बाट शुरु भएको हो । राइडिङ सेयरिङ सेवाबाट शुरु गरिएको पठाओ ट्याक्सी सेवा सन् २०१९ बाट लागू गरिएको हो । यो सेवा निकै सुरक्षित र भरपर्दो मानिन्छ । विशेष गरी यात्रुहरूको सहज, छिटोछरितो र पारदर्शिताका लागि शुरु गरिएको पठाओ कार्यालयले जनाएको छ । आममानिसको सहजताका लागि पठाओ सेवा सन् २०१८ देखि सञ्चालनमा ल्याइएसँगै सन् २०२१ देखि फुड सेवा पनि शुरु गरिएको छ । फुड सेवा सञ्चालनमा ल्याएदेखि स्थानीय रेस्टुरेन्ट, होटल व्यवसाय पनि फस्टाएका छन् ।
त्यस्तै राइडिङ सेयरिङ सेवाअन्तर्गत मोटरसाइकल र ट्याक्सी रहेका छन् । यी सेवा लिनका लागि एप प्रयोग गर्न पठाओले आग्रह गरेको छ ।
पठाओले आफ्ना यात्रुको लागि एक लाख बराबरको मेडिकल बिमा र पाँच लाख बराबरको दुर्घटना बिमा गरेको छ । यात्रु, राइडर, क्याप्टेन र फुडम्यानलगायतको कुनै भवितव्य घटना भएमा बिमा सेवाबाट लाभ लिनसक्ने छन् ।
त्यस्तै ४५ मिनेटमा उपत्यकाका दुई जिल्ला काठमाडांै र ललितपुरमा फुड सेवामार्फत सेवा डेलभर्ट गर्दै आएको छ । पठाओको आफ्नै एपमार्फत लाइभ ट्रयापिङ, लोकेसन सेयरिङको सेवा पनि उपलब्ध छ । यसले सवारीसाधनको प्रयोग कम गराई स्वस्थ र स्वच्छ वातावरण निर्माणमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।
यो सेवा हजारौँका लागि रोजगारीको अवसर बनेको छ । स्वदेशमै केही गर्नेका लागि यो सेवा थप प्रभावकारी छ । यसमा अन्य सवारीसाधनमा जस्तो मोलमोलाइ (बार्गेनिङ) गर्नुपर्ने झन्झट हुँदैन । यसको सेवा सरल, सुलभ र पारदर्शी छ । नोपलमै पहिलोपटक सुरक्षित र भरपर्दो यात्राका लागि लाइभ लोकेसन सेयर, राइड सेयरिङ बिमा ल्याइएको छ ।
घरेलु उद्योग र रेस्टुरेन्टलाई पनि डिजिटल युगको यात्रामा जोडेर आम ग्राहकलाई प्रविधिसँग निकट बनाउन पठाओले भूमिका निर्वाह गर्दै आएको छ । पठाओले आगामी दिनमा उपत्यकाका तीनै जिल्लामा उपलब्ध सबै सेवा प्रदान गर्ने लक्ष्य थियो । सोही लक्ष्यअनुसार काठमाडौं उपत्यकाभन्दा बाहिरी जिल्ला चितवनमा पनि शुक्रबारबाट सेवा आरम्भ गरेको छ ।
पठाओको ४ वर्ष पूरा, चितवनमा पनि सेवा सुरु
राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ ।
अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ शुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड शुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ ।
प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् । पठाओले गत वर्षदेखि पठाओ बजार पनि शुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार शुरू गरिएको थियो ।
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लुबुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् ।
आजदेखि चितवनमा सेवा सुरु
काठमाडौं उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आजबाट आफ्नो सेवा सञ्चालन गरेको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन्। चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
पठाओमा यस्ता छन् सुविधा ?
पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र ग्राहक सहयोग सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक चालक यसको सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।