• जेष्ठ ४ २०८३, सोमबार

नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा

आश्विन ८ २०७९, शनिबार

काठमाडाैं । नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा गरिएको  छ ।

गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ ।

हाल बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपक कुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ ।