काठमाडाैं । अनशनरत डा. गोविन्द केसीले आज अनशन तोडेका छन् । डा. केसी र सरकारबीच १० बुँदे सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन्।
सरकारी वार्ता टोली र डा.केसीले सहमतिमा हस्ताक्षर गरेका छन्।
डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनशन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए।