काठमाडाैं । अनशनरत डा. गोविन्द केसीले आज अन्शन तोड्ने भएका छन् । डा. केसी र सरकारबीच सहमति जुटेसँगै डा. केसीले आज तोड्ने भएका हुन् ।
डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।
डा. केसीका सहयाेगी प्रितम सुवेदीका अनुसार सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात अनसन ताेड्ने तयारी गरेका छाैं।’
डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका हुन् ।