काठमाडौं। बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा.गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यन्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको आन्दोलनले बताएको छ ।
विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा.केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।
तर डा.केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।