• बैशाख २७ २०८३, आईतवार

राप्रविसं सुनसरीको जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा रमेश बजगाइ चयन

आश्विन ७ २०७९, शुक्रबार

सुनसरी । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला कार्यसमिति  सुन्सरी जिल्लाले अधिवेशन सम्पन्न गरेको छ ।

आज शुक्रबार राप्रपा नगर कार्यसमिति इटहरीमा प्रदेश नं १ का संयोजक सुबास घिमिरेको सभापतित्वमा  सम्पन्न भएको उक्त अधिवेशनबाट नयाँ नेतृत्वमा अध्यक्ष पदमा रमेश बजगाइ चयन गरेको हो । रमेश बजगाइको  अध्ययक्षतामा ४१ सदस्य चयन भएका छन् ।

कार्यक्रमका सभापति राप्रविसं १ नं संयोजक तथा सुनसरी जिल्ला पुर्व अध्यक्ष सुवास घिमिरे, प्रमुख अतिथि राप्रपा महामन्त्री तथा संयोजित संगठन समन्वय विभागका प्रमुख राजेन्द्र गुरुङ, विशेष अतिथि : राप्रपाका वरिष्ठ नेता, तथा पुर्व मन्त्री तथा समाजसेवी राम कुमार सुब्बा, राप्रपा शिक्षा विभागका प्रमुख डा. राजेश गिरि, राप्रपा केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पुर्व अध्यक्ष धनसुर शाही, पार्टीका सुनसरी जिल्ला सभापति दुर्गाबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनका केन्द्रीय संयोजक जय प्रकाश बगाले, राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनका केन्द्रीय सदस्य सचिव मदन शाही, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य निशा तामाङ लगायत हजारौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यार्थी नेता प्रभु खपाङ्गी ले गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यार्थी पुर्व अध्यक्ष धनसुर शाहीले सुर्य पुर्वबाट उदाएजस्तै बिध्यार्थी संगठनको विस्तार पनि पुर्वबाटै सुरुवात भएको जनाए साथै यो संविधानले देश अघि बढ्न नसक्ने भन्दै संविधान च्यात्नु पर्ने बताए । विद्यार्थीका संयोजक जे.पी. बगालेले विद्यार्थी संगठनको धमिलिएको छवि सुधार्न अबको विद्यार्थी आन्दोलनको नेतृत्व राप्रविसंले गनुपर्ने बताए ।

विद्यार्थीका १ नं प्रदेश संयोजक सुवास घिमिरेले मेचि माहाकालिसम्म संगठनको बिस्तार गर्न प्रशिक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै बिध्यार्थी नेता प्रबिन सापकोटाले बिध्यार्थीले पार्टीको प्रवक्ता मात्र हुनु हुँदैन, विद्यार्थी हरेक मुद्दामा सहभागी हुनुपर्छ ।

राप्रबिसंका प्रदेस नं. १ को प्रमुखमा नियुक्त भएपश्चात सुवास घिमिरेले संगठन बिस्तारलाई व्यापक बनाएका छन । जनता बहुमुखी क्याम्पस, इटहरीबाट विद्यार्थी राजनीति सुरुवात गरेका उनी सुनसरी जिल्लाको २ कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । मोटिभेसनल स्पिकर समेत रहेका उनि प्रखर बक्ता र सफल राजनीतिज्ञ हुन् ।

नवनिर्वाचित जिल्ला अध्यक्ष रमेस बजगाइ पनि इटहरिस्थित जनता बहुमुखी क्याम्पसबाट बिध्यार्थी राजनितिमा प्रबेश गरेका हुन् । पढाइमा अब्बल र मिलनसार स्वभाबका उनि राजनितिलाइ आदर्श र सेवाको रुपमा अघि बढाउने सोचमा रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय कलाकारको रुपमा तुल्सी घिमिरेले बेजोडको प्रस्तुतिका साथै विद्यार्थीहरुलाई मनोरञ्जन गराउनुभयो ।

जिल्ला कार्यसमिति सुनसरी:
१) अध्यक्ष: रमेश बजगाइ
२) उपाध्यक्ष: समिर नेपाल
३) उपाध्यक्ष: बासु बराल
४) उपाध्यक्ष: निश्चल शाही
५) उपाध्यक्ष: राजन थापा
६) सचिब: सन्दिप काजी बस्नेत
७) स-सचिब: निरोज दुलाल
८) स-सचिब: मुना मगर
९) स-सचिब: प्रियंका मेहेता
१०) कोषाध्यक्ष: बिध्या भट्टराई
११) सदस्यहरु : निश्चल खतिवडा
१२) उज्वल श्रेष्ठ
१३) प्रबिन भण्डारी
१४) श्रेया थापा
१५) श्री लाल यादब
१६) दिपिका बि.क.
१७) मेनुका दाहाल
१८) निरुता चौधरी
१९) सरल राइ
२०) संजोग पराजुली
२१) सरोज दाहाल
२२) अनिल सरदार
२३)कमल पौडेल
२४) अंशु दाहाल
२५) विष्णु दाहाल
२६) मन बहादुर श्रेष्ठ
२७)   योगेन्द्र राइ
२८) विशाल गौतम
२९) प्रबिन सापकोटा
३०) चन्द्र कला राइ
३१) सपना लिम्बु
३२) सपना ठाकुर
३३) अर्जुन श्रेष्ठ
३४) सागर गुरागाईं
३५) निपेश निरौला
३६) विशाल खनाल
३७) कौशिका दाहाल
३८) यदु गौतम
३९) यज निधि घिमिरे
४०) तुसार शाह
४१) कुमार थापा