• जेष्ठ ४ २०८३, सोमबार

सुनचाँदीको मुल्यमा उच्च वृद्धि

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२हजार तीन रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।