• जेष्ठ ४ २०८३, सोमबार

योजनाबद्धरुपमा हाम्रा मान्छे पक्राउ गरेर हतियार भिराइयो : बहुमत पार्टी

आश्विन ७ २०७९, शुक्रबार

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका-६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए । नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको दावी गरेका छन् ।

पक्राउ परेका नेता सिंहलाई बिना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ । सो पार्टीका एक नेताले भने स्थानीय फटाहाले फसाएर पक्राउ गराई प्रहरीले हतियार बोकाएको बताए ।