• बैशाख २७ २०८३, आईतवार

युद्धमा सहभागीहरुले नै शान्तिको महत्व बुझेका हुन्छन् : प्रचण्ड

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताएका छन् ।

बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध र शान्तिका श्रीङ्खलालाई हेर्ने हो भने युद्ध गर्नेहरुलाई नै शान्तिको महत्व हुने गरेको तथ्य रहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले माओवादी शान्ति प्रिय भएकै कारण जनताको शान्तिको चाहानासँग एकाकार भएको बताउदै आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्षभन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको र अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरे। मानवता, लोकतन्त्र र शान्तिप्रतिको लगाव र निष्ठा भएकै कारण माओवादीले शान्ति सम्झौता मार्फत देशमा शान्ति, लोकतन्त्र र समृद्धिको निम्ति पहकदमी लिएको बताए  ।

युद्धले शान्ति ल्याएको, शान्तिले देशलाई गणतन्त्रमा पुर्याएको ,गणतन्त्रले सबैलाई समानता र सामाजिक न्याय दिने तर्फ अघि बढाएको कुरा सबैले स्मरण गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए  ।