काठमाडौँ । अनशनरत डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।
डा. केसीको रक्तचापमा केही परिवर्तनका साथै मांसपेशी बाउँडिने, छाती दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् ।
धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औँ दिनमा हिजो काठमाडौं ल्याइएको थियो । डा. केसीलाई शिक्षण अस्पताल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।
एनेस्थेसियोलोजिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहितको पाँच सदस्यीय टोली डा. केसीको उपचारमा खटाइएको छ ।