काठमाडौं । रुकुम पूर्वमा बस दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झन्डै ३ बजे भएको दुर्घटनामा १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए।
काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए।