• जेष्ठ ४ २०८३, सोमबार

दाङमा बाल यौन दुरुपयोग गरेको अभियोगमा एक शिक्षक पक्राउ

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । दाङ देउखुरीको एक निजी विद्यालयका शिक्षक बाल यौन दुरुपयोगको अभियोगमा पक्राउ परेका छन् ।

१२ वर्षिया बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा लमही नगरपालिका-१ का शिक्षक अन्दाजी २७ वर्षीय दीपेन्द्र सिंजालीलाई पक्राउ गरिएको प्रहरी कार्यालय दाङका प्रवक्ता, राजन कुमार गौतमले जानकारी दिए।

सिंजालीले अध्यापन गराउने विद्यालयको कक्षा सातमा अध्ययनरत एक १२ वर्षिया बालिकाको संवेधनशील अंग छुने, चिमोट्ने, सुम्सुम्याउन खोज्ने जस्ता कार्य गरेको ती बालिकाले गुनासो गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ।