• बैशाख २७ २०८३, आईतवार

सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्चमा रिट

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले परमादेशको माग गर्दै रिट दायर गरेका हुन्।

रिटमा बिहीबार सुनवाइका लागि पेशी तोकिएको छ। संविधानको धारा ९१ (६) (क) को मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खालि हुनु पर्ने निवेदकको माग छ।

यसअघि असोज १ गतेबाट सांसदको भने कार्यकाल सकिएको छ। समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल सकिने निर्वाचन आयोगले जनाएको छ।