• बैशाख २६ २०८३, शनिबार

नागरिकताको विषयलाई सत्ता गठबन्धनले एमालेविरुद्धको हतियार बनाउन खोजेः शंकर पोखरेल

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले सत्तारुढ गठबन्धन दलहरुले नागरिकता विधेयकलाई एमाले पार्टीबिरुद्ध खेल्ने हतियार बनाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने,‘पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियानलाई रोक्ने षड्यन्त्रमा लागेको छ। एउटा षड्यन्त्रको रुपमा नागरिकताको विषयलाई हाम्रो पार्टीकोविरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ। नागरिकताको सन्दर्भमा हाम्रो पार्टी सदैव स्पष्ट छ। नेपाली नागरिकहरुले नागरिकता प्राप्त गर्न पाउनुपर्छ। यो नेकपा एमालेको मान्यता हो भन्ने बुझ्न जरुरी छ।’

महासचिव पोखरलेले जन्मसिद्ध नागरिकका सन्तानहरुका लागि वंशजका आधारमा नागरिकता प्राप्त गर्न सुनिश्चित गर्ने सवालमा केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश जारी गरेको र त्यसलाई रोक्ने काम गरेको आरोप लगाए।