• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई युवा संघको चेतावनी

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी दिएको छ।

बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघ आबद्ध युवाहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुक बचाउने काम गरेको भन्दै समर्थनमा र्‍याली निकालेको छ।

काठमाडौंको बबरमहलबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताउदै राष्ट्रको हितमा काम गर्दा विरोध गर्न नहुने बताए ।

युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर सशक्त भएर अघि बढ्न सुझाव दिए । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ ।