• बैशाख २६ २०८३, शनिबार

रिफ्रेसमेन्टका लागि लाँकुरी भञ्ज्याङ पुगे एमाले अध्यक्ष ओली

आश्विन ४ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् ।

रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै मंगलबार उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।

ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको एक सार्वजनिक भिडियोमा बताएका हुन् ।

श्रीमती राधिका शाक्य र सहयोगीसहित लाँकुरी भञ्ज्याङ पुगेका उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू लाँकुरी भञ्ज्याङ पुगेको  बताए ।

उनले घुम्नका लागि फुर्सद निकाल्नुपर्ने बताउँदै चाहना भए जतिसुकै व्यस्त भएपनि समय निकाल्न सकिने बताए । डाँडाबाट उपत्यकाको दृश्यावलोकन गरेका थिए ।