काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन आग्रह गरेको छ ।
आयोगले आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमन गरेलगत्तै विज्ञप्ति जारी गर्दै यस प्रकारको अवरोध आग्रह गरेको हो ।
संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।
‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतस् संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।