काठमाडौ । उच्च अदालत पाटनले टुकुचा खोलाको सुरुङमाथि बनेका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्याएर संरचना बनाएकाले उचित मुआब्जा नदिई संरचनाहरू हटाउन नमिल्ने निष्कर्ष निकालेको छ ।
अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई बुधबार बोलाएको छ ।