काठमाडौं । चोलेन्द्र शमसेर जबराले सञ्चारमाध्यममा आफू नजरबन्दमा परेको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ ।
आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो । टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । टोलीले अनुमगन र अनुसन्धान गरेपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।