• जेष्ठ ४ २०८३, सोमबार

सन्दिप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोल मार्फत प्रक्रिया थाल्दै

आश्विन २ २०७९, आईतवार

काठमाडौं । नेपाल प्रहरीले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई नेपाल ल्याउनेबारे प्रक्रिया थालेको छ ।

लामिछानेले सामाजिक सञ्जालमार्फत् चाँडै नेपाल फर्किने बताएपनि लामो समयसम्म विदेशमै रहेपछि प्रहरीले इन्टरपोल मार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो । प्रहरी उच्च स्रोतले लामिछानेलाई नेपाल ल्याउने प्रक्रियाका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँगसमेत समन्वय अघि बढाइएको बताएको छ।

पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटल लगेर बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान गरेर जिल्ला अदालत काठमाडौं बाट पक्राउ पूर्जी लिइसकेको छ ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले नेपाल आए लगतै सन्दिप लामिछानेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया बढाउने बताइसकेको छ ।