काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपाल र बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका ६ लाख रुपैयाँ घुस लिएको अबस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप १६ लाख ५० हजार सहित २२ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।
प्रमोद नेपालले आफू वहाल रहेको पदअनुसार बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकोमा उनले सोही कार्यसम्पादन गरेको बि.बि. एयरवेज प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख ५० हजार सापटी दिइ भ्रष्टाचार जन्य कसूर गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।